Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल


काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरेका छन् । कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उहाँले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे । शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ । नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरेका छन् । लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाएका छन् । यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारेका छन् । उनले भने, ‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने सङ्कल्पमा छौँ । नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ । हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ । राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ । कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष ग¥यौँ । आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नु नै हाम्रो प्रतिवद्धता हो ।’ सामाजिक सञ्जाल र नयाँ प्रविधिको लहरबीच कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका संशयलाई सम्बोधन गर्दै दाहालले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको दृष्टान्त पेश गरे । कार्ल माक्र्सको भनाइ उद्धृत गर्दै उहाँले नकारात्मक प्रचार र तथाकथित आलोचनाको पछि नलागी आफ्नो ऐतिहासिक लक्ष्यतर्फ अविचलित अघि बढेर आन्दोलनलाई पुनः नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गरेका छन् ।

काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरेका छन् । कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उहाँले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे । शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ ।

नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरेका छन् । लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाएका छन् । यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारेका छन् ।

उनले भने, ‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने सङ्कल्पमा छौँ । नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ । हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ । राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ । कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष ग¥यौँ । आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नु नै हाम्रो प्रतिवद्धता हो ।’

सामाजिक सञ्जाल र नयाँ प्रविधिको लहरबीच कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका संशयलाई सम्बोधन गर्दै दाहालले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको दृष्टान्त पेश गरे । कार्ल माक्र्सको भनाइ उद्धृत गर्दै उहाँले नकारात्मक प्रचार र तथाकथित आलोचनाको पछि नलागी आफ्नो ऐतिहासिक लक्ष्यतर्फ अविचलित अघि बढेर आन्दोलनलाई पुनः नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?