Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडी बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिए। उनले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गरे । उनले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जिकिर गरे ।

उनले भने, “छलफल गर्दै जाँदा बैठक ७, ८, ९, १०, ११ कति पुग्छ त्यो एउटा विषय हो । माननीय सभापति ज्यूसँग मेरो अपिल र आग्रह के छ भने, यो विधेयकलाई समितिमा लामो समय होल्ड नहुने गरी अगाडी बढ्ने गरी कार्य तालिका बनाऔँ । यसको लागि समग्र परिस्थिति, सबैको अनुकूलता र संसद् बैठकलाई पनि ख्याल गरेर सबै उपलब्ध हुने गरी यो बैठक निरन्तर राखेर विधेयकलाई अगाडी बढाऔँ भन्ने मेरो आग्रह छ ।”

उनले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरू समेत अगाडी बढाउन आग्रह गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?