Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन


काठमाडौँ। राजा वीरेन्द्रको सम्झनामा कमलादीस्थित गणेशमन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनययुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला भइ स्व. राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले राजा वीरेन्द्रको परिवारसहितको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासमेत अर्पण गरेका छन् ।

वि.सं. २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा राजपरिवारको वंश विनाश हुनेगरी हत्या भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो ।

 


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?