Trending
>>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ ।

सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् । प्रमुख सचेतक पाण्डेकाअनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको छ । उनले सत्तारुढ दलहरुले गृहमन्त्रीकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसदको कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको समेत जानकारी दिए । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरुसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ ।

सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । अर्को, प्रतिगामीहरुको जुन किसिमको गतिविधिहरु भइरहेका छन् तिनका बारेमा पनि कुराहरु भए । संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल मात्रै भयो ठोस निर्णय भएको छैन । सकारात्मक रुपमा छलफल अगाडि बढाउने कुरा पनि भएको छ । हामीले प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्नुपर्नेछ । सत्तापक्षबाट संसद खोल्नुपर्छ भन्ने विषयवस्तु आयो । गृहमन्त्रीज्यूले पनि राजीनामा होइन अब संसद खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हामीले सुशासनको विषय महत्वपूर्ण हो भनरे राख्यौँ । अरु नयाँ विषयवस्तुमा केही छलफल भएन ।’

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद खुलाएर अघि बढ्नुपर्ने प्रश्ताव राखेकोमा सत्तापक्षले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसदको अवरोध खुलाएर अघि बढ्नुपर्ने कुरा राखेको बताए ।

मंगलवारदेखि संसदको कारबाही अघि बढ्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?