Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ ।

सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् । प्रमुख सचेतक पाण्डेकाअनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको छ । उनले सत्तारुढ दलहरुले गृहमन्त्रीकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसदको कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको समेत जानकारी दिए । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरुसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ ।

सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । अर्को, प्रतिगामीहरुको जुन किसिमको गतिविधिहरु भइरहेका छन् तिनका बारेमा पनि कुराहरु भए । संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल मात्रै भयो ठोस निर्णय भएको छैन । सकारात्मक रुपमा छलफल अगाडि बढाउने कुरा पनि भएको छ । हामीले प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्नुपर्नेछ । सत्तापक्षबाट संसद खोल्नुपर्छ भन्ने विषयवस्तु आयो । गृहमन्त्रीज्यूले पनि राजीनामा होइन अब संसद खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हामीले सुशासनको विषय महत्वपूर्ण हो भनरे राख्यौँ । अरु नयाँ विषयवस्तुमा केही छलफल भएन ।’

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद खुलाएर अघि बढ्नुपर्ने प्रश्ताव राखेकोमा सत्तापक्षले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसदको अवरोध खुलाएर अघि बढ्नुपर्ने कुरा राखेको बताए ।

मंगलवारदेखि संसदको कारबाही अघि बढ्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?