Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिएका हुन् । उनले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न निर्देशन दिँदै विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गरे । कुतर्कहरुको दरिलो गरी खण्डन गर्न आग्रह गर्नुभयो । पार्टीका सांसदहरुलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ ।

अध्यक्ष ओलीले भने, ‘यो बजेटमाथि अब भोलिबाट सामान्यतया भन्दा छलफल प्रारम्भ हुँदैछ । माननीयजीहरुले त्यहाँ तर्कपूर्ण ढंगले किन बजेट ठिक छ ? तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्नुपर्नेछ । विरोधीहरुले हामीलाई हो की क्या हे भन्नेगरी धर्मर हुनेगरी कुतर्क गर्दछन् । ति कुतर्कहरुको हामीले खण्डन गर्नुपर्नेछ । दरो गरी खण्डन गर्नुपर्नेछ । तर्कयुक्त ढंगले खण्डन गर्नुपर्नेछ । तथ्य, तथ्यांकसहित खण्डन गर्नुपर्नेछ । त्यसका निम्ति आज तत्सम्बन्धी माननीयजीहरुले आफैँले पनि विचार बनउनु नै भएको छ । अध्ययन गर्नु नै भएको छ बजेटको । सजिलो छैन, नोट बनाएर अध्ययन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले आफ्नो विषयमा केन्द्रित भएर बोलने गरी तयार गर्न निर्देशन दिए । छरपस्ट भएर नबोल्न सचेत गराए।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?