Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड


दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड

काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति परिस्थिति चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको जागरण अभियानको उद्घाटन गर्दै उनले अहिले सबै नेपालीले असहज परिस्थितिको सामना गरिरहेको बताएका छन् । साथै विश्व परिस्थिति पनि सहन नरहेको भन्दै रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका बताएका छन् । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको उनको दाबी छ । संयोजक दाहालले र नयाँ व्यवस्था स्थापित भइ नसकेको अवस्थामा विश्व राजनीति अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको जिकिर गरेका छन् ।

उनले भने , ‘अहिले हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति सहज छैन । सम्पूर्ण नेपाली जनताले असहज परिस्थितिको सामना गरिरहेका छन् । अर्कोतर्फ, विश्व परिस्थिति पनि सहज छैन । रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका छन् । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको छ, तर नयाँ व्यवस्था स्थापित भइसकेको छैन । विश्व राजनीति अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यसको प्रभाव भू–राजनीतिमा पनि परेको छ । दुई ठूला छिमेकीबीच अवस्थित नेपालमा विश्व शक्तिहरूबीचको बढ्दो प्रतिष्पर्धा र भू–राजनीतिक परिवर्तनको प्रभाव परेको छ । त्यसैले नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन, बरु यसको प्रभाव अझ बढी महशुस गरिरहेको छ ।’

दुई ठूला छिमेकीबीच अवस्थित नेपालमा विश्व शक्तिहरूबीचको बढ्दो प्रतिष्पर्धा र भू–राजनीतिक परिवर्तनको प्रभाव परेको बताएका छन् ।


प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?