Trending
>>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

काठमाडौँ। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आईतवार मुख्यमन्त्री यादवले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । जनता समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश सभाको सबैभन्दा

प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनि आईतवार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन,

प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ । महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आईतवार भारत प्रस्थान गरेको हो । टोलीलाई महासङ्घका महासचिव शिवहरी घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए । प्रधानमन्त्री साहको आजदेखि शुरु

भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म

काठमाडौं । भारतमा वर्षौंदेखि बसोवास गर्दै आएका नेपालीहरू आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य छन् । बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा ठगी, महिला तथा बालबालिकामाथि हुने शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ । भारतमा लाखौँ नेपाली

इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिका–सँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौता गर्न नचाहेको बताएका छन् । यसैबीच, अमेरिकी विशेष दूत स्टिभ

लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह

काठमाडौं । बेलायतको राजधानी लन्डनमा सैन्य खर्च कटौती गर्न र शिक्षा, स्वास्थ्य तथा आवासजस्ता सार्वजनिक सेवामा लगानी बढाउन माग गर्दै शुक्रवार प्रदर्शन भएको छ । उनीहरू बढ्दो जीवनयापन खर्च र सैन्य क्षेत्रमा भइरहेको लगानीको विरोधमा प्रदर्शनकारीहरू मध्य लण्डनका पार्लियामेन्ट स्क्वायर र ट्राफलगर स्क्वायरमा भेला भएका थिए । उनीहरूले ‘युद्धमा होइन,

प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा भोलि दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री साह नेपाल एयरलाइन्सको उडानमार्फत भोलि दिउँसो ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन । विमानस्थलमा उनलाई भारत

रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकालले ओमोडाको कार प्राप्त गरेका छन् । तेस्रो सिजनमा सर्वोत्कृष्ट खेलाडी भएपछि रिजनले कार पाएका हुन् । चितवन प्लेअफमा पुग्दा उनले उत्कृष्ट बलिङ गरेका थिए । रिजनले ८ खेलबाट १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ता भए । चितवन

सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि

काठमाडौं । ओपनर जर्ज मुन्सेको आक्रामक शतक प्रेरणमा सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि उचालेको छ । पछिल्ला दुई सिजनका फाइनलमा क्रमशः जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित हुँदा सुदूरपश्चिम उपाधि विमुख भएको थियो । कीर्तिपुरमा शनिवार भएको तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीमाथि १० विकेटको रबाफिलो

दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आईतवार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् ।

सम्वन्धित समाचारहरु