Trending
>>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं। क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । त्यस्तै, अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ भने नेपाल र क्यानडा यस सिरिजको खेलमा

छोरी कुट्ने बुबा धरौटीमा रिहा

हेटौँडा। आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । त्यस्तै, जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उक्त मण्डलले छोरीलाई पेन्सिलले मुख र

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । राष्ट्रिय सभाका

नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री

काठमाडौँ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भयो । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा

भद्रपुरमा ढोकाको ताल्चा खोलेर धनमाल चोरी

झापा । भद्रपुर नगरपालिका-८ क्याम्पस मोड बस्ने चिन्तामणी दाहालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर नगद ५० हजार रूपैयाँ र विभिन्न सुनका गरगहना अदाजी ११ तोला समेत गरी करिब १३ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी

मृत अवस्थामा फेला

काठमाडौं । जाजरकोट, छेडागाड नगरपालिका-४ ठाँटी जिउला बस्ने ७१ वर्षीय जसवीर बुढा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान घरबाट जंगलमा काठ काट्न गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । दाङ, लमही नगरपालिका-५ रातोडाँडा डेरा गरी बस्ने चितवन भरतपुर

बसको ठक्करबाट मृत्यु

बारा ।सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोल बस्ने मुना साहकी छोरी २ वर्षीया अंतिमा कुमारी साहको बुधबार बिहान मृत्यु भएको छ । बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडीको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रमममा मृत्यु

ब्राउनसुगरसहित दुई जना पक्राउ

जुम्ला । चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान २४ वर्षीय योगेन्द्र मल्ललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६९ मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस

लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बालाजुस्थित बाईसधारा पार्कमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम बुधबार सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बालाजु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल

डरलाग्दाे साइबर क्राइम ग्राफः चालु आर्थिक वर्षको ७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी !

काठमाडौं । चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५ वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना

सम्वन्धित समाचारहरु