Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिने हुदा नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि सबै भन्दा ठुलो दल नेकपा माओवादी केन्द्रले दाबी गरेको भएता पनि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?