Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न


काठमाडौं । काठमाडौं बालाजुस्थित बाईसधारा पार्कमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम बुधबार सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बालाजु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘शान्त समृद्ध समाजको आधार, घरेलु हिंसा रहित परिवार’ भन्ने भनाइलाई हृदयगमन गरी आफ्नो टोल छिमेकमा भइरहेको लैंगिक तथा घरेलु हिंसा न्यूनिकरणको लागि आफू पनि जागौं, अरूलाई पनि जगाऔं र यस्ता किसिमका हिंसालाई समाजमा जरैदेखि निर्मुल पारौं भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रमबाट सकारात्मक प्रभाव परि समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा केही हद सम्म टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले घरेलु हिंसा सामाजिक अपराध भएको र यसले समाज र घर परिवार, एवम् व्यक्तिले लिने निर्णयमा ठूलो असर पुर्‍याउने हुनाले यस्ता हिंसा न्यूनिकरण गर्नका लागि प्रहरी, सबै स्थानीय निकाय एवम् विभिन्न संघसंस्थाले प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको बताउनुभयो । यस्ता कार्यक्रमले लैंगिक एवम् घरेलु हिंसा सम्बन्धी जनचेतना फैलाउन सहयोग पुर्‍याएको र यस्ता हिंसा भएमा सम्बन्धित निकायमा जान समेत उपस्थित महानुभावलाई उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बोहराटारका अध्यक्ष शिव कुमार बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्दै यस सचेतनामूलक कार्यक्रमले समाजमा हुने लैंगिक एवम् घरेलु हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयका कलाकारद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थिए ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?