झापा । भद्रपुर नगरपालिका-८ क्याम्पस मोड बस्ने चिन्तामणी दाहालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर नगद ५० हजार रूपैयाँ र विभिन्न सुनका गरगहना अदाजी ११ तोला समेत गरी करिब १३ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार