२० श्रावण, एजेन्सी । चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित
२० श्रावण, धनुषा । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–५, औरहीथान सामूदायिक वनमा सडेगलेको अवस्थामा शुक्रबार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न
२० श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्
२० श्रवाण, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई
२० श्रावण, काठमाडाैँ । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । सो पार्टीले खडेरीसहितका प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक
२० श्रावण, एजेन्सी । सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको "गम्भीर आवश्यकता" रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ। सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित
२० श्रावण, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताएका हुन् । शुक्रबार सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको
२० श्रावण, वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याउनुभएको छ । उहाँले भन्नुभयो, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’ कांग्रेस
२० श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले शुक्रबार निर्वाचन उक्त जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । मोरङ जिल्लाका प्रनिनिधिसभा सदस्य विनोदमणि
२० श्रावण, एजेन्सी । भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठहर्याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ । यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ । गुजरात उच्च