Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : अर्थमन्त्री डा. महत


२० श्रावण, वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याउनुभएको छ । उहाँले भन्नुभयो, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’

कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन् । निर्वाचनमा भोट दिइरहेका छैनन् । यस्तो अवस्थामा कांग्रेसमा लाग्नु र ? भन्ने शंसय उत्पन्न हुने नेता डा. महतले भनाइ छ ।

‘आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो’, नेता डा. महतले भन्नुभयो, ‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’

अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताउनु भएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैं लाइभ हुँदैन ।

हामी धेरै कर्मकाण्डी भएका छौं, सिधैं विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागत रुपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताको बीचमा लिएर जानुपर्छ ।

नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा. महतले भन्नुभयो, ‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ । यसबाट हामी मुक्त हुनुपर्छ ।’

‘माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ, संख्यामा हाम्रा मन्त्रीहरु धेरै हुनुहुन्छ । कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिराख्नु भएको छ,’ नेता डा. महतले भन्नुभयो, ‘मैले पनि राम्रै काम गरेको छु भन्ने लाग्छ । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । जे अप्ठ्यारा र समस्या मैले देखें, त्यसको सम्बोधन गर्ने प्रयास गरिरहेको छु ।’


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?