Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सडेगलेको अवस्थामा महिलाको शव फेला


२० श्रावण, धनुषा । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–५, औरहीथान सामूदायिक वनमा सडेगलेको अवस्थामा शुक्रबार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न नसकिएको बताए । जङ्गल पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै घटनास्थल पुगेका प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

केही दिन अगाडि मृत्यु भएको हुन सक्छ, शरीर कुहिएको हुँदा पहिचान गर्न सकिएको छैन, प्रहरी निरीक्षक राईले भने, ‘‘जिल्लामार्फत जिल्ला मातहतका प्रहरी कार्यालयलमा खबर गरिएको छ, अहिलेसम्म कुनै मानिस हराएको निवेदन परेको छैन ।’’


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?