Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सडेगलेको अवस्थामा महिलाको शव फेला


२० श्रावण, धनुषा । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–५, औरहीथान सामूदायिक वनमा सडेगलेको अवस्थामा शुक्रबार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न नसकिएको बताए । जङ्गल पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै घटनास्थल पुगेका प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

केही दिन अगाडि मृत्यु भएको हुन सक्छ, शरीर कुहिएको हुँदा पहिचान गर्न सकिएको छैन, प्रहरी निरीक्षक राईले भने, ‘‘जिल्लामार्फत जिल्ला मातहतका प्रहरी कार्यालयलमा खबर गरिएको छ, अहिलेसम्म कुनै मानिस हराएको निवेदन परेको छैन ।’’


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?