Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

समाचार


बारा बस दुर्घटना अपडेट : थप एकजनाको मृत्यु

७ ,भाद्र ,बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

७ ,भाद्र ,चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो । उत्पादन गरेको दाना सरकारले तोकेको

भलिबलमा योगदान दिने सम्मानित

७ ,भाद्र ,गण्डकी । गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’

७ ,भाद्र ,वालिङ (स्याङ्जा) । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले

तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

७ ,भाद्र ,बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी

संसदीय समितिमा सदस्य हेरफेर

६ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाएका छन् । प्रस्तावित हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद सङ्गीता मण्डल

नेपालद्वारा कुवेत पराजित

६ ,भाद्र ,काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

६ ,भाद्र ,काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका

संविधान बिरोधि निर्णय नगर्न नेता कोइरालाको सुझाब

६ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलका शिर्ष नेताहरु बालुवाटारमा बसेर संविधान बिरोधि निर्णय गर्नेे गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । "संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको", कोइरालाले प्रश्न गरे।

शुल्कवृद्धिको बिरुद्ध ने. वि. संघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन

६ ,भाद्र ,सुदूरपश्चिम । नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले सोमबार इन्जिनियरिङ अध्यान संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ। सोमबार बिहान 10 बजे क्याम्पस प्रशासन अगाडि ई. अ. सं को पुत्लामा पैसाको माला लगाएर नेवि संघले शुल्कवृद्धि विरुद्ध सांकेतिक प्रदर्शन गरेको थियो । ई. अ. सं ले गरेको शुल्क वृद्धि

सम्वन्धित समाचारहरु