Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’


७ ,भाद्र ,वालिङ (स्याङ्जा) । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ ।

यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् ।

उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन । छाप्राकको बस्तीमा केही दिन अघिमात्रै पहराबाट दुई ठूला ढुङ्गा फुटेर आए ।

स्थानीय श्यामबहादुर सार्की पहराबाट फुटेर आएका दुई ढुङ्गा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउछन् ।

“फुटेर आएको ढुंगा घरको नजिकै आएको छ”, उनले भने, “घरभन्दा माथि बाँसघारी भएकाले ढुङ्गाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुङ्गा घरैनेर आएको छ ।”

बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन । उक्त पहिरोबाट १७ घर प्रत्यक्षरुपमा प्रभावित हुने सार्की बताउछन् ।

“घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ”, उनले भने, “अन्त कहाँ गएर बस्नु ? सङ्ख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन ।”

वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् दुई ठूला ढुङ्गा खस्दा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउछन् ।

दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा जम्माजम्मी दुई सय चार घर छन् । उक्त पहिरोका कारण हालसम्म १७ घर उच्च जोखिममा छन् ।

अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताए ।

“बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ, यसबाट ढुङ्गालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन”, उनले भने, “यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरुले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनुभएको छ ।”

बस्ती नजिकै ढुङ्गा खसेपछि गाउँले त्रसित छन् । केहीदिन अघि जोखिमस्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो ।

गाउँमाथि रहेको पहराबाट दुई ठूला ढुङ्गा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उनले बताए ।

लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

“तत्कालै बस्ती सार्न सकिँदैन”, उनले भने, “दीर्घकालीनरुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?