Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भलिबलमा योगदान दिने सम्मानित


७ ,भाद्र ,गण्डकी । गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ ।

भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो ।

आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान दिएको भन्दै चारैजनालाई सङ्घका उपाध्यक्ष यामबहादुर गुरुङ, गण्डकीका अध्यक्ष नवीनकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङलगायतले सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्व पूर्व खेलाडी पराजुलीले आफ्नो जीवन खेलकुदमै समर्पण भएको उल्लेख गर्दै खेलमा सफलता पाउन दृढ इच्छाशक्ति चाहिने बताए ।

टाइगर ग्रुप पोखराका अध्यक्ष शर्माले भलिबलको उर्वरभूमि गण्डकीले आफ्नो खेलप्रतिको छविलाई जोगाउन यसको विकास र निरन्तरतामा जोड दिनुुपर्ने बताए ।

‘लौ आयो भलिबल’ गीतका गायक तथा सङ्गीतकार बानियाले खेलकुदका गीतको अभाव देखिएको परिवेशमा अहिलेसम्म एक दर्जन गीत पस्किएको बताए ।

गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष गुरुङले गण्डकीमा भलिवल सङ्घ तथा विभिन्न समूह, संस्थाको योगदान महत्वपूर्ण रहेको बताए ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?