Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

नेपालद्वारा कुवेत पराजित


६ ,भाद्र ,काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ ।

हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो ।

कुवेतका लागि जिफा जिलानीले १९ बलमा एक चौकासहित सर्वाधिक ११ रन बनाइन् ।

त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले तीन तथा खुसी डङ्गोलले दुई विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान एक/एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन् ।

नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतका लागि मरिन्मा हैदरले चार विकेट र मरयाम ओमरले दुई विकेट लिइन् ।

उक्त सिरिजमा नेपाल दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?