Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

शुल्कवृद्धिको बिरुद्ध ने. वि. संघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन


६ ,भाद्र ,सुदूरपश्चिम । नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले सोमबार इन्जिनियरिङ अध्यान संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ।

सोमबार बिहान 10 बजे क्याम्पस प्रशासन अगाडि ई. अ. सं को पुत्लामा पैसाको माला लगाएर नेवि संघले शुल्कवृद्धि विरुद्ध सांकेतिक प्रदर्शन गरेको थियो ।

ई. अ. सं ले गरेको शुल्क वृद्धि एकदमै अव्यवारीक रहेको र विद्यार्थीको आधिकार र भविष्य सँग जोडिएको कुरामा इन्जिनियरिङ अध्यान संस्थानले विद्यार्थीलाई नै पेलेर एकलौटी रुपमा गरेको निर्णय नेविसंघ लाई मान्य नहुने नेविसंघ पश्चिमाञ्चल क्याम्पसका सभापति विविसन ओलीले बताए।

दोस्रो चरणको आन्दोलन स्वरूप पुनः नेविसंघले राके जुलुस निकालेको थियो।

उक्त कार्यक्रमको सञ्चालन नेविसंघका सचिव रवीन्द्र भुसालले गरेका थिए भने सो आन्दोलनमा सभापति विविसन ओलि, केन्द्रिय सदस्य रेजिना खड्का ,नेता दिवस सिलवाल सहित नेपाल विद्यार्थी संघका साथै अन्य विद्यार्थी हरु उपस्थित थिए।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?