Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

संविधान बिरोधि निर्णय नगर्न नेता कोइरालाको सुझाब


६ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलका शिर्ष नेताहरु बालुवाटारमा बसेर संविधान बिरोधि निर्णय गर्नेे गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् ।

“संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको”, कोइरालाले प्रश्न गरे।

कोशी प्रदेश सरकारको बिश्वासको मतबारेको प्रशङ्गमा कोइरालाले भने, “अदालतले जे नगर्नु भन्यो शिर्षनेताहरु बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म।”

मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सदभाव समेत बिथोलिएको बताए।

कार्यक्रममा २०१५ साल देखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियोे ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?