Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संविधान बिरोधि निर्णय नगर्न नेता कोइरालाको सुझाब


६ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलका शिर्ष नेताहरु बालुवाटारमा बसेर संविधान बिरोधि निर्णय गर्नेे गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् ।

“संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको”, कोइरालाले प्रश्न गरे।

कोशी प्रदेश सरकारको बिश्वासको मतबारेको प्रशङ्गमा कोइरालाले भने, “अदालतले जे नगर्नु भन्यो शिर्षनेताहरु बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म।”

मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सदभाव समेत बिथोलिएको बताए।

कार्यक्रममा २०१५ साल देखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियोे ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?