Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसदीय समितिमा सदस्य हेरफेर


६ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाएका छन् ।

प्रस्तावित हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद सङ्गीता मण्डल धानु शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, सोनु मुर्मु कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, किरणकुमार साह महिला तथा मामिला समितिमा रहेका छन् ।

त्यस्तै, डा शशाङ्क कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिमा, रुपा सोशी (चौधरी) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, सांसद अब्दुल खांन उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिमा, सांसद विमला सुवेदी कानुन न्याय तथा मानवअधिकार समितिमा र सांसद योगेश गौचन थकाली अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहेका छन् ।

प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो ।

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?