काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष शाहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाउदै राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको आरोप लगाएका छन्
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । मंगलवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका छन् । उनले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेकी छिन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको बताएकी छिन् ।श्रेष्ठले चौधरीको गिरफ्तारी
काठमाडौँ। सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए । बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर बिरोध जनाएका थिए । बिरोधपछि सभामुख घिमिरेले
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले सरकारले अघि सारेको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उपाध्यक्ष तामाङले सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका हुन् । सरकारले अगामी आर्थिक वर्षमा वर्तमान व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने नीति
काठमाडौँ। पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहने बताएकी छिन् । सोमवार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको जानकारी दिंदै उनले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताएका छन्। । सोमवार प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् । संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार सात बुँदे सम्झौताको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका छन् । संविधानको पुनरावलोक, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी गरेका छन् । संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले जनभावना र राष्ट्रको आवश्यकताअनुरुपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउदै आफूले देशका
काठमाडौँ । नेपाल प्रहरीका ७ जना डीआईजीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेसँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । सरुवा हुनेमा कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल,गण्डकी प्रदेशमा दिनेश कुमार आचार्य, लुम्बिनी प्रदेशमा राजेन्द्र प्रसाद भट्ट