Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जनकपुरमा मनाइयो २२ औँ राष्ट्रिय धान दिवस


काठमाडौँ। जनकपुरधाममा धान रोपाईं कार्यक्रम सञ्चालन गरी २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको अगुवाइमा धान दिवस मनाइएको हो । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उपस्थिति रहेको थियो । नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रका लागि आधारभुत बालीको रूपमा चित्रित गर्दै धान उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि स्थानीय तह सक्रिय रहेको बताए । साहले कमला सिंचाई आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गर्दै सिंचाई अभावका कारण उत्पादनमा प्रभाव परेको उल्लेख गरेका छन् । साथै, धान रोपाइको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न आग्रह गरेका छन् ।

धान दिवसको अवसरमा रोपाइ, खेतमा खेलकुद, परम्परागत गीत–संगीत लगायत कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?