Trending
>>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम >>   कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान >>   भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो >>   कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया >>   भूमि व्यवस्था मन्त्रालयमा बलराम अधिकारीको एक वर्षः ७०७ रोपनी जग्गा सरकारको नाममा फिर्ता >>   अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने >>   विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

समयमा मुद्दा फैसला मुख्य प्राथमिकता होः प्रश्तावित न्यायाधीश पौडेल


काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीशमा प्रश्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो अधिकतम प्रयास रहने बताएका छन् ।

संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरामा जोड दिने बताए । इजलासको बहसको समय व्यवस्थापन आफ्नो प्राथमिकतमा रहने बताए । बार र बेन्चलाई व्यवस्थित बनाएर जाने बताए । उनले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेको बताए । न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने बताए ।

उनले भने, ‘फरक मुद्दा व्यवस्थापन कार्य छ । फरक मुद्दा व्यवस्थापन भनेको न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रुपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने, यसलाई थप पूर्वाधार चाहिन्छ, यो आइटीबेस छ । आवश्यक पूर्वाधार छैन । सफ्टवेयर नभएका कुराहरु छन् । तर यसलाई सर्वोच्च अदालतमा पनि लागू गर्न जरुरी छ । यसलाई विस्तार गर्नसके न्यायपालिकाप्रति जुन अनास्था छ, जुन मुद्दा ढिलो भयो भन्ने, पूर्वानुमान योग्य बनाउन यसले धेरै काम गर्दछ । त्यसको लागि म प्रयत्नशिल रहनेछु । इजलासको बहसको समय व्यवस्थापन मेरो प्राथमिकतामा रहनेछ । मुद्दाको परिस्थितिअनुसार मुद्दामा बहसको समय व्यवस्थापन गर्न, अनावश्यक पेशी स्थगितलाई निरुत्साहित गर्न, इजलासले सयम व्यवस्थापन गर्न, जटिल मुद्दामा बहसको माग गर्न बार एशोसिएशन लगायतका नियकासँग नियमित छलफल गर्न समय व्यवस्थापन गर्न म पहल गर्नेछु ।’

प्रश्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फछ्र्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताए । समयमा फैसला गर्ने कुरा आफ्नो अर्को प्राथमिकताको विषय रहने बताएका छन् ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?