Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह


काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत आयोजनाहरुको निर्माणका लागि आयातित उपकरण फिर्ता लैजाँदा उर्जा क्षेत्रले समस्या भोग्नुपरेको गुनासो गरे ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । स्वदेशी लगानीमै ठूला जलविद्युत आयोजनाहरू निर्माण भइरहेका बेला आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने र आयोजना सम्पन्न भइसकेपछि फिर्ता गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरण र प्रविधिको सहज उपलब्धता गरिदिन सरकारसँग आग्रह पनि गरे ।

उनले भने, ‘अहिले स्वदेशी लगानीमै विद्युतका ठुला ठूला आयोजनाहरु निर्माण कार्य सुरु गरेका छौं । यसका लागि विदेशबाट इक्युपमेन्ट लिएर नेपालमा काम गर्नुपर्ने र निर्माणसम्पन्न भइसकेपछि फिर्ता लैजाने कुराले हामीलाई निकै अप्ठ्यारो परेको छ । त्यो मागलाई सम्बोधन गर्नको लागि म माननीय मन्त्रीज्युसहितलाई अनुरोध गर्न चाहन्छु ।’

उनले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम गर्न निजी क्षेत्र उत्साहित रहेको पनि बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?