Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैनः कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।

आईतवार २२ औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पछिल्लो समय जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्ने गरेको बताए । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने बताए । उनले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको बताए । मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताएका छन् । असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेको भएपनि र पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको बताए । मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न आग्रह गरे । आगामी दिनमा सहज ढंगबाट मल प्राप्त गर्ने बताए ।

मन्त्री अधिकारीले भने, ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन । त्यो सम्भावना कति रहला आफ्नो ठाउँमा । अहिले समय परिवर्तन भएको छ । जमानामा पनि परिवर्तन आएको छ । राम्रो नहोला, मिठो नहोला, गिलो होला तर चैते धानको जस्तो मिठो खाना अन्यत्र पाउन सक्दैनौँ । चिसो हुँदा मुछ्न गाह्रो, मन तातो हुँदा त्यो भन्दा मिठो र स्वादिलो अरु हुँदैन । कृषि मन्त्रालयसँग अनगन्ति समस्या छ ।’

मन्त्री अधिकारीले किसानको मागहरु सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने बताए । असार १५ गते (आज) राष्ट्रिय धान दिवस मनाइँदैछ ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?