Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारितः आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो


काठमाडौँ। प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ ।

सभाको शनिवारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए । उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भिर रहेको बताएका छन् । उनले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि बताए ।

उनले भने, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरमा संविधान, कानून र सरकार स्पष्ट छ । नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नुहने मानिसले पाउनुहुन्न । यसका विषयमा दुविधा हुन सक्दैन । संविधानले गैरआवासीय नेपाली नाथगरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । उनीहरुले प्राप्त गर्ने नागरिकता पनि आफैंमा नागरिकता हो । हामीले अरु नागरिकताकाबारेमा पनि केही सीमाहरु तोकेका छौँ । गैरआवासीय नागरिकता प्राप्त गर्ने मानिसले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने भनेर व्यवस्था गरेको छ ।’

नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?