Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विद्यालय शिक्षा विधेयकः प्रत्येक पाँच वर्षमा शिक्षकहरुले पुनर्ताजगी तालिम लिनुपर्ने, शिक्षा संकायबाहेकलाई पनि लाइसेन्स


काठमाडौँ। विद्यालय शिक्षाको पाठ्यक्रम परिर्वतन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरुले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ ।

आईतवार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिमा यस्तो सहमति जुटेको हो । बैठकले अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था समेत गरेको छ । शिक्षा संकायबाहेककाले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति पनि भएको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमति पत्र लिन पाउने सहमति समितिले गरेको छ । विधेयकमा शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ । सभापति अम्मरबहादुर थापाले शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने र अध्यन अनुमति पत्रको व्यवस्थाबारे गरेको प्रश्तावमा समिति सदस्यहरुले सहमति जनाए ।

विद्यालय शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसदमा पेश गर्नेगरी समिति छलफलमा जुटेको छ । अहिले बालविकास कर्मचारीका विषयमा छलफल जारी छ । अधिकांश सांसदहरुले बालविकास कर्मचारीहरुलाई पनि शिक्षक सरह मान्नुपर्ने धारणा राखेका छन् ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?