Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

जनार्दन शर्माको प्रश्नः न्यायाधीश भएपछि राजनीतिक पक्षधरता छोडेर कसरी निष्पक्ष न्याय दिन सक्नुहुन्छ ?


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रश्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।

आईतवारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले प्रश्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् । केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए । बार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गरे । बार राजनीतिक धारसँग कुनै न कुनै हिसावले जोडिएको हुने बताए ।

सांसद शर्माले भने, ‘मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त ? यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यि व्यवहार छन् ।’

सांसद शर्माले मुद्दाको सुनुवाई ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न गरे ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?