Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मुख्य समाचार


शिक्षा विधेयकबारे एमाले सांसद थापाले माग गरे शिक्षामन्त्रीको धारणा

काठमाडौँ। नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग गरेका हुन्। उनले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने

असन्तुष्टिको कारोबार नगरौँः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका छन् । उनले राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष

शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर सरकार दमनमा उत्रियो:राप्रपा सांसद कार्की

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गेरकी छिन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरेकी हुन् । उनले आईतवारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताएकी

शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताएका छन् । उनले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै

शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताएका छन् । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले

शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ

गगन थापा विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेः (नावाकाद) नाम मात्रैको कम्युनिष्ट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘नावाकाद’को संज्ञा दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई नाम मात्रैको कम्युनिष्ट भएको आरोप लगाएका हुन् । उनले विष्णुबहादुर मानन्धरहरुको समूहले विगतमा केशरजंग रायमाझीहरुलाई नावाकादको (नामका वामपन्थी नावा, कामका

प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलियाको पहुँच छ भनेर प्रमाणित गर्न गगनलाई ओलीको चुनौती

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्मै विचौलिया पुगेको कुरा प्रमाणित गर्न चुनौति दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महामन्त्री थापालाई प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलिया पुगेको कुरा प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । न ले राम्रो

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौँ। लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण,

सम्वन्धित समाचारहरु