Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

असारभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउँछौंः मन्त्री गुप्ता


काठमाडौँ। मन्त्री गुप्ताको स्पष्टिकरणः मुलुक आर्थिक अवस्थाको मध्यनजर गर्दा कर्मचारीको तलब वृद्धि गर्न सकिएन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् ।

प्रतिनिधि सभामो सोमवारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष शुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शुन्यमा झार्ने बताएका हुन् । उनले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गरे । उनले मुुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पारे ।

उनले भने, ‘अहिले हामीले सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृत दिन पाएका छैनौँ । यो यथार्थ हो । तर मैले मन्त्रालय सम्हालेको बेला लगभग साढे तीन सय पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले हामीले त्यसलाई एक सय ८५ मा झारेका छौँ । यही असार २० गते १६ जना अधिकृत लोकसेवा आयोगबाट आउँदै छन् । श्रावणको महिनासम्ममा हामी यसलाई शून्यमा झार्ने अवस्था निर्माण गर्दैछौँ । तलब वृद्धिको पनि अवस्था आएको छ माननीयज्यूहरुलाई देशको आर्थिक अवस्थाको बारेमा अवगत नै छ । त्यसलाई मध्यनजर गरेर यसपालि तलब वृद्धि भएन ।’

स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिवद्ध रहेको मन्त्री गुप्ताले बताए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?