Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

असारभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउँछौंः मन्त्री गुप्ता


काठमाडौँ। मन्त्री गुप्ताको स्पष्टिकरणः मुलुक आर्थिक अवस्थाको मध्यनजर गर्दा कर्मचारीको तलब वृद्धि गर्न सकिएन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् ।

प्रतिनिधि सभामो सोमवारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष शुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शुन्यमा झार्ने बताएका हुन् । उनले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गरे । उनले मुुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पारे ।

उनले भने, ‘अहिले हामीले सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृत दिन पाएका छैनौँ । यो यथार्थ हो । तर मैले मन्त्रालय सम्हालेको बेला लगभग साढे तीन सय पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले हामीले त्यसलाई एक सय ८५ मा झारेका छौँ । यही असार २० गते १६ जना अधिकृत लोकसेवा आयोगबाट आउँदै छन् । श्रावणको महिनासम्ममा हामी यसलाई शून्यमा झार्ने अवस्था निर्माण गर्दैछौँ । तलब वृद्धिको पनि अवस्था आएको छ माननीयज्यूहरुलाई देशको आर्थिक अवस्थाको बारेमा अवगत नै छ । त्यसलाई मध्यनजर गरेर यसपालि तलब वृद्धि भएन ।’

स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिवद्ध रहेको मन्त्री गुप्ताले बताए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?