Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

काठमाडौं–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशतः मन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् । उनले उपत्यका बाहेक तराईका जिल्लाहरुमा दु्रत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे । सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको दु्रत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरुलाई नेपाली सेनाको लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पारे ।

उनले भने, ‘काठमाडौं–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौं बाहिरको तराईका सबै क्षेत्रको जमिनहरु लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरु समाप्त भएको छ । त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ । जलविद्युतहरुको सुरक्षा पनि नेपाली सेनाले गर्छ तर जलविद्युत निर्माण गर्ने कुरा गर्दैन ।’

भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रुपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भएपनि तत्काल कुनै कार्य अगाडि नसारिएको स्पष्ट पारे ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?