Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सांसदहरुको जोड


काठमाडौँ। नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सोमवारको अर्थ समितिको बैकठमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उनले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताईन । अवैधानिक रुपमा व्यापार व्यवसाय गर्नेहरुमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको बताईन् । उनले डायमण्डमा लगाइएको विलाशिता कर हटाउनुपर्ने बताए ।

उनले  भनिन्  , ‘यदी व्यवसायी लगानीकर्ता सबैलाई फस्टाउनु छ भने यसै टाइट गर्ने हो भने झनै समस्या आउँछ । अहिलेको अवस्था त यति नैराश्यता छ । हाम्रो मार्केट, अर्थतन्त्र यति तल झरिसकेको छ । यो तरिकाले झनै तल खस्किन्छ । डायमण्डमा लग्जरी कर जुन छ त्यसलाई हटाउनु पर्छ । आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर बढाइदिए मारमा उनीहरु नै पर्दछन् । हामी उद्योगधन्दा फस्टाउन चाहन्छौँ, यहीँ व्यवसाय गर्न दिने हो भने टाइट नगरौँ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद जुलीकुमारी महतोले नेपालमा महंगी बढ्नु र कर बढी लगाउँदा नेपालको बजार सुकिरहेको बताईन् । उनले सिंहदरबारबाट हेरेर सबैकुरा नदेखिने भन्दै सम्बन्धित स्थानमा नै गएर निरीक्षण गर्न जरुरी रहेको बताईन् । निजी क्षेत्र, उद्योगी व्यवसायीहरुले उपभोक्तालाई मारमा नपार्ने गरी कानून निर्माण गर्न जरुरी रहेको बताईन् ।

उनले  भनिन् , ‘नेपालको बजार किन सुकेको यहीँ भन्सारमा हेर्न जानुस् न । पारीको पसल हेर्नुभयो भने कस्तो हाँसिरहेको छ । मारामार छ । चिनी र तेल किन्न गएको छ । त्यहीँ दशगजाको नेपालतिर आउँदा बजार सुकेको छ किन ? त्यो त्यहाँ गएर हेर्नुपर्छ । सिंहदरबारबाट मात्रै हेरेर हुँदैन । बेथितिहरु कहाँ छन्, भन्सारमा कति बेथिति छ । निजी क्षेत्र, उद्योगी व्यवसायीहरुले उपभोक्तालाई मारमा नपार्ने, सुशासनको कुरा गर्ने तर यो कुराहरुले गरेर ठिक भइरहेको छैन । कच्चा पदार्थमा बनेको सामानको कुरा पनि आयो । कस्तो उल्टो । कच्चा पदार्थमा ६ प्रतिशत हुनुपर्ने, बनेको सामानमा १० प्रतिशत हुनुपर्ने छ । के भन्न खोजेको ? नेपालमा रोजगारी नदेउ, उद्योगधन्दा नखोल, युवाहरु अरब कतार जाउ, आफ्नो पसिना बाहिर गएर बगाउ के हो यो ? हामी रोजगारी दिन, युवालाई नेपालमा राख्न खोजेको हो भने कच्चा पदार्थ नेपालमै उत्पादन गर भन्ने होला नि ।’

सांसद महतोले कच्चा पदार्थमा ६ प्रतिशत कर हुनुपर्नेमा १० प्रतिशत र बनेको सामग्रीमा १० प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत कर रहेको भन्दै यो उल्टो प्रक्रिया भएको जिकिर गरीन । यसले युवाहरुलाई विदेश जाउ, देशमा नबस भनेको स्पष्ट हुने बताईन् ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?