Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

विपद् व्यवस्थापनको पूर्वतयारीबारे सांसदले मागे गृहमन्त्रीको जवाफ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणको निन्दा गरेका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विष्टले अन्तर्राष्ट्रिय सन्धी र ऐन कानूनअनुसार सार्वभौम सत्तामाथि भएको हमलाको निन्दा गरेका हुन् । उनले युद्धग्रस्त मुलुक इरान र इजरायलमा रहेको अवस्थाबारे परराष्ट्र मन्त्रीले सदनलाई जानकारी गराउन आग्रह गरे । सांसद विष्टले नवलपरासीदेखि दुम्किबास हुँदै दाउन्नेसम्मको सडकमा अलपत्र परेका जनताका पीडालाई हेरेर सरकार बालुवाटारमा मस्ती गरिरहेको आरोप लगाए । मौसम विभागले सचेत गराउँदैमा विपद् नटर्ने बताउँदै उनले विपद् व्यवस्थापनको पूर्वतयारी र भैपरि आउने समस्याको समाधानबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

उनले भने, ‘यतिबेला विश्वमा विश्वयुद्ध हुने खतरा बढेको छ । एउटा सार्वभौम सम्पन्न इरानमाथि अमेरिका र इजरायलले संयुक्त रुपमा आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सन्धी र ऐन कानुनअनुसार सार्वभौम सत्तामाथि हमला भएको छ त्यसको निन्दा गर्न चाहन्छु । र, त्यो शान्तिपूर्ण तरिकाले वार्ताद्वारा समाधान होस् भनेर कामना गर्न चाहन्छु । सँगै इजरायल र इरानमा रहेका नेपालीको अवस्था के छ ? करिब १६ जना इरानमा छन् र सात हजारभन्दा बढी इजरायलमा छन् ती नेपालीको अवस्था के छ ? नेपाल सरकार र परराष्ट्र मन्त्रीले यहाँ आएर नेपाली जनतालाई र सार्वभौम संसदमा नेपालीको स्थिति के छ भन्ने विषयमा जानकारी गराउन आग्रह गर्न चाहन्छु । र, अर्कोतिर यतिबेला सडक बेहाल अवस्थामा छ । राज्य सुतिरहेको छ, हामी हाम्रो सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको सिन्धुली, रामेछाप र दोलखाको अनुगमन भयो । गतवर्ष असोज ११, १२ गते आएको बाढीले क्षति पुराइएका वीपी राजमार्गलगायत खिम्ती, अपर तामाकोशी जलविद्युत आयोजनामा सरकारले मर्मत गरेको देखिँदैन । र, यो सरकारले के गरिरहेको छ ? किन यो सरकार जनताको पक्षमा छैन ? किन यो पूर्वाधारहरु निर्माण गर्न तयार छैन ? त्यसैगरी राष्ट्रिय राजमार्ग नवलपरासीदेखि दुम्किबास हुँदै दाउन्नेसम्मको सडकको अवस्था दयनीय अवस्थामा छ । १४÷१५ घण्टा जनता त्यहाँ बसेर गुहार मागिरहेका छन् तर त्यहाँ उद्धार र त्यसको तयारी केहीपनि छैन । सरकारले त्यहाँभित्र जनताले खिचेका भिडियो, अलपत्र परेका जनताका पीडालाई हेरेर बालुवाटारमा मस्ती गरिरहेको छ । यो सरकारले १०÷१२ महिनाको काम के भयो त ? गतवर्षको असोजमा गएको बाढीपछि केही काम भएको छैन । मौसम विभागले कि तपाईहरु खोला किनारामा नहिड्नुहोला, नबस्नुहोला भन्नेबाहेक केहीपनि छैन । त्यसको रोकथामका लागि के गरिरहेछ सरकार ? विपद् व्यवस्थापन समितिले पूर्व तयारी गरेको खै, सदनलाई जानकारी दिनुपर्छ कि पर्दैन ? जनतालाई सुसूचित गर्नुपर्छ कि पर्दैन ? के सूचना दिने जनतालाई ? विपद् व्यवस्थापनको तयारी यो सरकारले के गरेको छ त ? भैपरि आउने समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर यो सदनमा आएर गृहमन्त्रीले जवाफ दिनु पर्छ कि पर्दैन ?’

उनले गत वर्षको असोजमा बाढीले क्षति पुराएका वीपी राजमार्गलगायत खिम्ति जलविद्युत आयोजना र अपर तामाकोशी जलविद्युत आयोजनामा मर्मत सम्भारको कुनै काम सरकारले नगरेको स्पष्ट पारे ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?