Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना


काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना भएको छ ।

सोमवार प्रतिष्ठानले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको हो । महोत्सवमा कविहरुले आफ्नो रचनाहरु सुनाए। कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम भएको बताए । उनले विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियारका रुपमा कवितालाई चित्रण गरे ।

उनले भने, ‘अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम हो । विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियार कविता हो । नेपाल प्रज्ञा प्रतिष्ठानले ६ दशक यता कविता महोत्सव गरिरहेको छ । यो ६८ औं वार्षिकोत्सव हो ।’

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको छ । जसमा कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेर सुनाए ।

प्रतिष्ठानले ६८ औं वार्षिकोत्सव मनाइरहेको हो ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?