Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

वनभित्रै रमाउने गरी वन्यजन्तुको संरक्षण गर्न सरकार प्रतिवद्धः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको बताएका छन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त हुँदा अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताए । उनले वनभित्रै रमाउने गरी वन जन्तुको संरक्षण गर्न घाँसे मैदान र पानीको स्रोतको व्यवस्थापन जस्ता वासस्थानका सुधारका कार्यक्रमहरू राखिएको जिकिर गरे । उनले वनको अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण तथा वन पैदावारको निकासी नियन्त्रण जस्ता वन संरक्षणका कार्यक्रमहरू प्रदेश सरकारको समन्वयमा कार्यान्वयन गरिँदै आएको बताए । उनले संरक्षित क्षेत्रभित्र हुने वन अतिक्रमण, वन डढेलो र वन स्रोत तथा वन्यजन्तुको चोरी निकासी नियन्त्रणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट कार्यान्वयन हुने गरी बजेटको पर्याप्त व्यवस्था गरिएको जानकारी दिए ।

उनले भने, “वनको अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण, वन पैदावारको निकासी नियन्त्रण जस्ता वन संरक्षणका कार्यक्रमहरू प्रदेश सरकारको समन्वयमा कार्यान्वयन गरिँदै आइएको छ । संरक्षित क्षेत्रभित्र हुने वन अतिक्रमण, वन डढेलो, वन स्रोत तथा वन्यजन्तुको चोरी निकासी नियन्त्रणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट कार्यान्वयन हुने गरी बजेटको पर्याप्त व्यवस्था गरिएको छ । एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त भएको छ भने अर्कोतर्फ मानव वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको छ । वनभित्रै रमाउने गरी वन्यजन्तुको संरक्षण गर्न घाँसे मैदान र पानीको स्रोतको व्यवस्थापन जस्ता वासस्थानका सुधारका कार्यक्रमहरू राखिएको छ ।”

उनले अर्थतन्त्रमा वनको योगदानको उल्लेख्य वृद्धि गर्न वनमा आधारित उद्योग, उद्यमशीलता, प्रकृतिमा आधारित पर्या पर्यटनको विकासमा सहजीकरण गरिने बताए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?