Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार


काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।

उनले भनीन, ‘भारतमा पनि बन्दी भएर हाम्रो भाइरहरु हुनुहुन्छ भनेर संसदमा साथिहरुले कुरा उठाउनु भएको छ । त्यहाँबाट हालसम्म ५७ जनालाई उद्धार गरिसकिएको छ । उत्तराखण्डको एउटा किङ इन्डिया भन्ने संस्थासँग मिलेर नेपालको राजदुतावासले उद्धार गरेको म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । यस्ता समस्याहरु नेपाली नागरिकले प्रत्येक दिन भोगनुपर्ने समस्या हो ।’

उनले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गरीन् ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?