Trending
>>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

मुख्य समाचार


काठमाडौँमा जेनजी आन्दोलन चर्कियो: पाँचको मृत्यु, कर्फ्युजारी

काठमाडौँ। बानेश्वरमा सोमबार भएको जेन जी  प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँबानेश्वर सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रबरको गोली लागेर गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा ज्यान गएको हो। दिउँसो १२:३० बजेदेखि कर्फ्यु जारी भए पनि आन्दोलन रोकिएको छैन। नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौंमा जेनजी आन्दोलन उग्र: २ जनाको मृत्यु, कर्फ्यूजारी

काठमाडौं। बानेश्वोरमा जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बनेको छ। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्धको विरोधमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। करिब एक सयभन्दा बढी घाइते उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ। बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएपछि सरकारले दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको

काठमाडौँमा कर्फ्यु क्षेत्र बिस्तार, सिंहदरवारदेखि शीतल निवाससम्म निषेधाज्ञा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएकोमा पछि त्यसलाई थप क्षेत्रमा विस्तार गरिएको छ । प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासमा पनि कर्फ्यु जारी गरिएको छ।

सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था छैनः प्रमुख सचेतक घिमिरे

काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था भएको मुलुक नेपाल भएको दाबी गरेका छन् । उनले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको

सामाजिक सञ्जाल प्रतिवन्धबारे गृहमन्त्रीः भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भन्दा हामी के भन्छौँ ?

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा सामाजिक सञ्जाल प्रतिवन्धको कुरा उठेपछि उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण हुन मात्रै सरकारले अनुरोध गरेको उल्लेख गरे

जेनजी प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ

सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्नु गलत :न्यायाधीश मल्ल

काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पारेकी छिन् । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो स्पष्टिकरण दिएकी हुन्  । उनले संविधान र सर्वोच्चको व्याख्याको कारण

सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगेः महानायाधिवक्ता

काठमाडौँ। महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका छन् । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गरेका हुन् । सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उनको भनाइ

सामाजिक सञ्जाल निष्क्रियको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी सडकमा(तस्बिरसहित)

काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले प्रदर्शन गरेका छन् । आईतवार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको

एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौंः शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार

सम्वन्धित समाचारहरु