Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

मुख्य समाचार


राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला

काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गर्दै

शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । शिक्षामन्त्री पन्तले बोलाएको वार्तामा सहभागी हुन सिंहदरबारको जाने तयारी रहे पनि मन्त्रालय प्रवेश नगरी महासंघका प्रतिनिधिहरू फर्किएका हुन् । शुक्रवार शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए

सूचना प्रविधिको पूर्वाधार निर्माणमा एक सय खर्ब लाग्ने आँकलन

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय लक्ष्य हासिल गर्ने ठूला आयोजनाका पूर्वाधार निर्माण गर्न ठूलो रकम आवश्यक भएको बताएका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ पेश गर्दै उनले विश्वमा पूर्वाधार विकासको तिब्र प्रतिष्पर्धा भइरहेको बताए । उनले नेपालमा सूचना प्रविधिको बढ्दो पहुँचका कारण

अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका

‘चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक’

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौंमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् । काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा २४ दिनदेखि सडक संघर्ष गरेका शिक्षकहरू विद्यार्थीमा पर्न गएको मारप्रति चिन्तित देखिएका हुन् । उनीहरूले विद्यार्थीको पठनपाठनमा पर्न गएको असर र त्यसको क्षतिपूर्ति

देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उनले सरकार शिक्षकहरुसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताए

जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ?

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरुको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले सत्तामा गएकाहरुले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताएका छन् । उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान

जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन

जनकपुर। नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । आन्दोलन अन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालय, धनुषामा आयोजना गरिएको धर्नामा सयौं चिकित्सकहरूको उपस्थिति रहेको थियो । उनीहरूले आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । चिकित्सकहरूकाअनुसार चिकित्सा शिक्षा आयोगको १६ औं

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै उनले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन

परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गरेका छन् । गभर्नर र

सम्वन्धित समाचारहरु