Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

संसदीय समितिमा सांसदहरूको चिन्ता ‘युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाऔँ, बाँझो जमिनमा खेतीपाती गरौँ’


काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले देशमा खेतीयोग्य जमिन बाझिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । समितिको बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकमा खेतीयोग्य जमिन करिब ५९ लाख हेक्टर बाँझै रहेको बताए । उनले विदेश पलायन भएका युवाहरूलाई प्रेरणा, अनुदान दिएर वा कर छुटको व्यवस्था गरेर बाँझो रहेको कृषियोग्य जमिनमा उत्पादन शुरु गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले बर्सेनि खर्बौँका कृषिजन्य सामग्रीहरू आयात गरिरहँदा युवाहरू विदेश गइरहेको र जमिन बाँझो भइरहेको जिकिर गरे । सांसद पौडेलले युवाहरूको रोजाइमा कृषि नभएको र उनीहरूले स्वदेशमा बस्नै नचाहेको गुनासो गरे । उनले खाडी मुलुक जाने युवाहरूलाई न्युनतम ज्याला उपलब्ध गराएर कृषिमा आवद्ध गराउनसके मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् ।

उनले भने , “हाम्रो खेतीयोग्य जमिन करिव करिव ५९ लाख हेक्टर जति छ । त्यसमा करिब ३३ प्रतिशत अर्थात् २० लाख हेक्टर बाँझै छ । त्यो बाँझो रहेको कृषि योग्य जमिनमा विदेश पलायन भएका युवाहरूलाई उच्च मोटिभेसन गरेर, अनुदान दिएर हुन्छ कि ट्याक्स फ्री गरेर हुन्छ कि के गरेर हुन्छ । विदेश जान चाहेका युवाहरू, उनीहरूको रोजाइ कृषि छैन अहिले, उनीहरू कृषिप्रति विकर्षण छन् । हाम्रो समस्या के छ भने ४ खर्ब बढीको कृषिजन्य सामग्रीहरू आयात गर्छौं, अर्कोतिर हाम्रो जमिन बाँझो छ, युवाहरू विदेश गइरहेका छन् । उनीहरूलाई न्यूनतम ज्याला उपलब्ध गराउन सक्ने हो भने खाडी देशमा गएर युवाहरूलाई रोक्न सक्छौँ, त्यति आँट गर्नुपर्छ ।”

बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले नेपालको कृषि अनुसन्धान धराशायी बनेको बताए । उनले कृषि अनुसन्धानलाई सबल बनाइ पूरा स्वदेशी बीउहरूको परीक्षण गर्नुपर्ने बताएका हुन् । उनले आफैँले एक पटक ५–६ कट्ठामा धान खेती गरेको बताउँदै नेपालमा बीउ नपाएपछि भारतबाट ल्याएको बताए । उनले भारतबाट ल्याएको उक्त बीउमा कुनै मल नहाली राम्रो उत्पादन भएको बताउँदै गर्ने आँट गरे अवश्य हुने जिकिर गरे ।

उनले भने , “साँच्चै भन्ने हो भने कृषि अनुसन्धान घट्दो, घट्दो र एकदम हामी धराशायी अवस्थामा जाँदैछौँ । पहिलो कुरा हामीले कृषि अनुसन्धानलाई सबल बनाउन सक्ने हो भने हाम्रा पहिलेका सिडहरू अझै पनि परीक्षण गरौँ न । मैले एक चोटि आफैँ ५–६ कट्ठामा धान खेती गर्नुपर्यो भनेर लागे । मैले राम्रो बासमती पाइन । इण्डियातिर छिमेकीहरूलाई पठाएर त्यहाँबाट बिउँ लिएर आए उनीहरूले । त्यो बासमती धानमा मैले मल, युरिया केही नहाली फल्यो । गर्ने भने त हुँदो रहिछ नि ।”

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले कृषि उत्पादनलाई बढाउन चनाखो भएर अगाडी बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनसँगै जलवायु परिवर्तनको असरको वित्त लिन समेत गाह्रो रहेको बताउँदै चनाखो भएर अगाडी नबढे ठिक नहुने बताए । उनले व्यक्तिगत नभई पहिला मुलुकलाई मनमा राखेर अगाडी बढ्न सके कृषि क्षेत्रमा विकास गर्न सकिने जिकिर गरे ।

उनले भने , “जलवायु परिवर्तन एक ठाउँमा छ, हामीलाई क्लाइमेन्ट फाइनान्स लिन पनि उत्तिकै गाह्रो छ त्यसैले हामीले चनाखो भएर अगाडी बढ्न सकिएन भने ठिक हुन्न । नेशन फस्ट, व्यक्तिगत होइन, पहिला मुलुक भनेर हामीले सबैले मनमनमा राखेर अगाडी बढ्न सक्यौँ भने कृषि क्षेत्र विकास हुन्छ ।”

समिति बैठकमा सांसदहरूले कृषि क्षेत्रलाई अगाडी बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । उनीहरूले कृषि क्षेत्रलाई विकास र विस्तार नगरी मुलुकको समृद्धिको दिशातर्फ लैजान नसकिने समेत जिकिर गरेका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?