Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताए । उनले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताए । उनले अहिले पनि जनतामा निराशा रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने त्यसमा बहस गरौँ हामी । अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन । कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरु पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’

अध्यक्ष नेपालले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?