Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित


काठमाडौँ। मनाङ मस्र्याङ्दी र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बुधवार जित निकालेका छन् ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । यो जितसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ । पहिलो हाफमा गोल निस्किन सकेन । तर, दोेस्रो हाफमा दुई गोल भए । प्रकाशले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । आर्मीको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै मनाङले अग्रता लिएको हो ।

रोहन थापामगरको पासमा प्रकाशले वान टचमार्फत गोल गरेका हुन् । त्यसको पाँच मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए । मध्य भागबाट कप्तान सौगात मल्लले दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल सकेन र मनाङले सहज जित निकाल्यो । दिनको दोस्रो खेलमा श्री भगवती क्लवले पनि फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित प्राप्त गर्यो । आर्यन भण्डारीको एक मात्र गोल निर्णायक बनेपछि श्री भगवतीले तीन अङ्क प्राप्त गर्यो ।

जितसँगै आठ खेलमा ९ अंक जोडेको श्री भगवती नवौं स्थानमा छ । फ्रेन्ड्सले समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफमा गोल निस्कियो । आर्यन भण्डारीले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए । करिब ३० यार्ड टाढाबाट उनले गरेको उत्कृष्ट ओभर हेड प्रहार फ्रेन्ड्सका गोलकिपर अङ्कित बुढामगरले भेट्टाउनै सकेनन् । त्यसपछि दुवै तर्फबाट गोल भएन र श्री भगवतीले माथिल्लो टोली फ्रेन्ड्समाथि संघर्षपूर्ण जित निकाल्यो ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?