Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकार गम्भीर रुपमा लागिपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका हुन् । उनले आज मात्रै मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको उल्लेख गरे । उनले मधेस प्रदेशमा रहेको खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरुको खोजि गरिने पनि बताए । प्रधानमन्त्री ओलीकाअनुसार हालसम्म ९५ प्रतिशत नागरिकलाई ट्यांकरमार्फत सरकारले खानेपानी वितरण गरिसकेको छ भने बाँकी पाँच प्रतिशतलाई समेत वितरण गरिनेछ ।

उनले भने, ‘मधेश प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र भनेर निर्णय गरेर आएको छु । अब त्यहाँ कुनैपनि समस्या भयो भने आपतकालीन ढंगले बजेटको व्यवस्था गर्न सकिने र कुनैपनि समान किन्न सजिलो हुनेछ । भइरहेको छ बेहाल त्यसकारण यसप्रति सरकार गम्भिरताका साथ लागिहरेको छ । यसको लागि सरकार तत्कालिन र दीर्घकालिन रुपमा के गर्न सकिन्छ भन्ने कुरामा लागिपरेको छ । हाललाई ९५ प्रतिशत नागरिकलाई पानी ट्यान्कीबाट सरकारले खानेपानी वितरण गरेको छ । पाँच प्रतिशत नागरिकलाई अझै पनि वितरण गर्न सकेको छैन । खानेपानी बिना कोही रहने छैन, खानेपानीको व्यवस्था सरकारले गर्छ ।’

उनले मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधानका लागि पानीका स्रोतहरुको खोजि भइरहेको पनि बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?