Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्नु नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताए । उनलै कम्युनिष्ट पार्टीका नेताहरुको सक्रियता अहिले जरुरी भएको बताए । उनले आज कम्युनिष्टहरु धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरु एक आपसमा छलफल गरेर एउटै हुन जरुरी रहेको बताए । अलग अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुनेगरी अघि बढ्न जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट पार्टीका नेताहरुको सक्रियता चाहिएको छ । आज कम्युनिष्ट पार्टी थुप्रै समूहमा विभाजित छ । यि विभाजित भएका समूहहरु पनि आपसमा बसेर छलफल गर्ने हो भने धेरै विषयको निरुपण गर्न सकिन्छ । धेरै समस्या समाधान गर्न सकिन्छ । त्यसो हुनाले अलग अलग पसल थापेर बस्नु राम्रो होइन । त्यसको निम्ति हामी गम्भीर बनौँ । र अघि बढाँै । कम्युनिष्ट आन्दोलनमा के रोग छ, त्यसको पहिचान गरौँ । सबैभन्दा ठूलो रोग भनेको व्यक्तिवादको प्रवृत्ति हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव हो । सानो छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ । कोही मान्छे पार्टीमा आउँदा मेरो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने खालका प्रवृत्तिहरु अहिले पनि व्याप्त छन् । यो सबैलाई पनि भनेको होइन फेरि पर्ला । कुनै खासको नाम लिएर भन्न चाहन्न । मम मात्रै गर्ने हो ।’

अध्यक्ष नेपालले पार्टीमा जति धेरै मानिसहरु जम्मा हुन्छन्, जति धेरैको सक्रियता जनाउन सकिन्छ त्यसले आन्दोलनमा फाइदा गर्ने बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?