Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अहिले सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले उपमहासचिव शर्मालक्षित कटाक्ष गर्दै आफू फरक मतको विरोधी नभएको बताएका हुन् । उनले भिन्न मतलाई दमन गर्नेकुरा आफ्नो कमजोरी नभएको जिकिर गरे । उनले आफ्नो बारेमा पार्टीभित्र पनि यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै आफूले फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको जिकिर गरे । उनले फरक मत राख्नेलाई पार्टीमा छलफलका लागि प्रशस्त समय दिएको उल्लेख गर्दै अहिले पनि सिंगौरी खेल्ने क्रम जारी रहेको बताए । उनीहरुलाई डेढ महिना देशभर नै परामर्श भन्दै सँगै लिएर हिँडेको बताए ।

अध्यक्ष दाहालले भने, ‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मत अलि बढी उदायो भने मेरो कमजोरी हो । मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो । मैले कसैलाई कारबाही गरिन । कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै । कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन । तर कतिपय साथीहरुलाई लाग्छ, ननिकालेर के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ । त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ । उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु । सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु । डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडे मैले । यो भन्दा बढी गर्ने के हो जनवाद ?’

अध्यक्ष दाहालले अब दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न जरुरी रहेको बताए । आजैबाट एउटै कम्युनिष्ट पार्टी बनाउन पहल शुरु गर्ने पनि बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?