Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अहिले सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले उपमहासचिव शर्मालक्षित कटाक्ष गर्दै आफू फरक मतको विरोधी नभएको बताएका हुन् । उनले भिन्न मतलाई दमन गर्नेकुरा आफ्नो कमजोरी नभएको जिकिर गरे । उनले आफ्नो बारेमा पार्टीभित्र पनि यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै आफूले फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको जिकिर गरे । उनले फरक मत राख्नेलाई पार्टीमा छलफलका लागि प्रशस्त समय दिएको उल्लेख गर्दै अहिले पनि सिंगौरी खेल्ने क्रम जारी रहेको बताए । उनीहरुलाई डेढ महिना देशभर नै परामर्श भन्दै सँगै लिएर हिँडेको बताए ।

अध्यक्ष दाहालले भने, ‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मत अलि बढी उदायो भने मेरो कमजोरी हो । मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो । मैले कसैलाई कारबाही गरिन । कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै । कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन । तर कतिपय साथीहरुलाई लाग्छ, ननिकालेर के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ । त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ । उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु । सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु । डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडे मैले । यो भन्दा बढी गर्ने के हो जनवाद ?’

अध्यक्ष दाहालले अब दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न जरुरी रहेको बताए । आजैबाट एउटै कम्युनिष्ट पार्टी बनाउन पहल शुरु गर्ने पनि बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?