Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास


काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका छन् । सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिवार पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुगेकी थिइन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए ।

हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक बतनाउने विश्वास रहेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?