Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् ।

सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताएका हुन् । गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताए । उनले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे ।

मन्त्री राईले भने, ‘समस्या समाधान गर्दै जाऔँ । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ति कुराहरु पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौँ । संविधान अकाट्य भनेर भनेका छैनौँ । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ । केही सीमाना हामीले गुमाउनु परे पनि हामी जे होस्, स्वतन्त्र दिवस मनाउनु नपर्ने हाम्रो देश यसलाई गौरव मानौँ । हाम्रो इतिहास र वीरताको कहानी छ ।’

मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताए । उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?