Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव गौतम


काठमाडौँ। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए । उनले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गरे । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने बताए । उनले भ्रष्टाचार नगरी नेता नबाच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनै पर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा केही कुराको अभाव नरहेको बताउँदै समाजवादको बाटोमा अगाडी बढ्ने काम गर्नुपर्ने बताए ।

उनले भने, “समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन । त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ । अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन । भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ, राज्यलाई केही न केही धोका दिनै पर्छ, त्यस्तो बाटोमा लैजाने गरी आज जुन व्यवस्था भएको छ, त्यो व्यवस्था सबैलाई भ्रष्टाचार गर्न लगाउने व्यवस्था हो । यसलाई परिवर्तन गर्नुपर्छ । परिवर्तन गरेर अगाडी जाने काम गरौँ । अभाव केही छैन नेपालमा, सबै चिज नेपालभित्रै छ ।”

उनले संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?