Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् । प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताए । गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निश्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिए ।

उनले भने, ‘भिजिट भिषा, भिजिट भिषालाई हामीले छोड्न चाहन्थ्यौं तर यो भिजिट भिषाले हामीलाई छोडेन । त्यसैले हामीले यसलाई पक्डीरहेका छौं । यो बारेमा म पनि आज केही कुरा राख्न चाहन्छु । भिजिट भिषा प्रकरण नेपालमा एक नयाँ मानव तस्करी काण्डका रुपमा देखापरेको छ । त्यसैले यो गम्भीर र रहस्यमय पनि काण्डको रुपमा देखापरेको छ । त्यसैले यसलाई माथिल्लो स्तरबाट छानविन गरिनुपर्छ भनेर हामीले माग गरेका छौं । यसै सन्दर्भमा माननीय गृहमन्त्रीज्यु इमान्दार हुनुहुन्छ, नैतिकवान पनि हुनुहुन्छ उहाँको नैतिकता र इमान्दारितामा हामीलाई विल्कुल शंका छैन । तर उहाँको मातहतमा रहेको अध्यागमन कार्यालयबाट जे जस्ता मानिसहरु त्यहाँ गएका छन् र उहाँको सचिवालयमा जे जस्ता मानिसहरु छन् ती सबै मानिसहरुको इतिहास हेर्दा विभिन्न प्रकरणमा डामिएका छन् । त्यस्तो मान्छे नै गृहमन्त्रीज्यूको छनोटमा किन प¥यो ? हाम्रो प्रश्न त्यही हो । हामीले गृहमन्त्रीले बदमासी गर्नुभएको छ भनिरहेका छैनौं । हामीलाई त्यस्तो लाग्दैन । हाम्रो यो चाहना पूरा होस् हामी चाहन्छौं । तर व्यवहारहरुले, तथ्यहरुले र घटनाहरुले त्यो पुष्टि गर्दैन । त्यसकारण आपूm नैतिकवान र इमान्दार हुनुहुन्छ भनेर प्रमाणित गर्नका लागि पनि मार्ग प्रशस्त गरिदिनुपर्ने हुन्छ । यतिबेला प्रतिनिधिसभामा अलिकति गृहमन्त्रीको राजीनामाबाट थोरै पछि हटेर प्रतिपक्षका साथीहरु संसदीय छानविन समिति भएमा उहाँको राजीनामा माग नगर्ने भन्नेकुरा राखिरहनुभएको छ । यद्यपी त्यस विषयमा टुंगो नलागे पनि करिब करिव सहमति बनेको भन्ने चाहिँ हो । यदि त्यस्तो हो भने चाहीँ हामी त्यो कुरा छोड्न सक्छौं होइन भने उहाँले निश्चित रुपमा राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने हुन्छ । उहाँ पदमा रहेसम्म निश्पक्ष छानविन हुनसक्दैन, कुनै न कुनै प्रकारले त्यो निकाय उहाँबाट प्रभावित भइहाल्छ । त्यसो नहोस् भन्नका लागि पनि उहाँले सहज बनाइदिनुपर्ने हुन्छ । जुन प्रकारको गम्भीरता यो प्रकरणमा देखिएको छ, त्यतिले पुग्दैन । माथिल्लो तहबाट छानविन हुनुपर्छ । त्यसैले यो छानविन प्रकरणलाई अध्यागमन कार्यालयमा रहेका कर्मचारीहरु जसको नेतृत्वमा तीर्थराज भट्टराई भन्ने व्यक्ति हुनुहुन्थ्यो त्यो व्यक्तिहरुलगायतको छानविनका लागि पनि सहज वातावरण बनाइदिनुपर्ने हुन्छ । त्यसकारण नै हामीले गृहमन्त्रीको राजीनामा माग गरेका थियौं ।’

उनले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पारे ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?