Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा


काठमाडौँ। सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताए । तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको उनको भनाइ छ । खानेपानीको समस्या र सिंचाईको समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताए ।

उनले भने, ‘आज संकटग्रस्त घोषणा भएको छ । मधेसको वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव छ । सिंचाईको पनि अभाव छ । आकाशको पानी पनि छैन, भूमिगत पानी पनि छैन । आजको मन्त्रीपरिषद्ले तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय द्रुत गतिमा लागेको छ । आकस्मिक बैठक छ । डिप बोरिङ र जनतालाई पानी दिने काम गरिरहेका छौँ । तर यो प्रकृतिको कहर हो, विपद् हो ।’

मन्त्री यादवले सरकारले गरेर मात्रै नहुने भन्दै तीन तहका सरकार र स्थानीय नागरिकहरुको समझदारीमा समस्या समाधान गर्न सकिने बताए । बजेटको समस्या नहुने र पानी दिने कुरामा सरकार गम्भीर रहेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?