Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा


काठमाडौँ। सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताए । तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको उनको भनाइ छ । खानेपानीको समस्या र सिंचाईको समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताए ।

उनले भने, ‘आज संकटग्रस्त घोषणा भएको छ । मधेसको वीरगञ्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव छ । सिंचाईको पनि अभाव छ । आकाशको पानी पनि छैन, भूमिगत पानी पनि छैन । आजको मन्त्रीपरिषद्ले तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय द्रुत गतिमा लागेको छ । आकस्मिक बैठक छ । डिप बोरिङ र जनतालाई पानी दिने काम गरिरहेका छौँ । तर यो प्रकृतिको कहर हो, विपद् हो ।’

मन्त्री यादवले सरकारले गरेर मात्रै नहुने भन्दै तीन तहका सरकार र स्थानीय नागरिकहरुको समझदारीमा समस्या समाधान गर्न सकिने बताए । बजेटको समस्या नहुने र पानी दिने कुरामा सरकार गम्भीर रहेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?